उपत्यकामा थपिए ३६३ जना कोरोना संक्रमित

२०७७ पुष २ गते, बिहीबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३६३ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन्।
गत चौबीस घन्टामा ६ हजार ५ सय ८८ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको छ। यस्तै देशभर २८१ जनाको आईसीयु र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

158 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal