बा तिमी फेरि आऊ…..!

२०७७ पुष ७ गते, मंगलवार

सुर्य घिमिरे
ओली बा तिमी फेरी आउ है
तिमी नभए त मलाई सपनामा
पानी जहाज कस्ले ल्याई दिन्छ
राम्रा राम्रा चुटकिला कस्ले सुनाई दिन्छ ।
उखान टुक्का कस्ले हालि दिन्छ
७० करोड भ्रष्टाचार गरे पनि
कस्ले लुकाई दिन्छ ?
३२ किलो सुनलाई
कस्ले लसुन मेरो बनाई दिन्छ ?
बा ! तिमी फेरी आईदेउ है !
मेरो कर्णालीमा पानी जहाज
कस्ले ल्यादिन्छ ।
केरुङ्गबाट रेल दौडाई
डिल्ली कस्ले पुराई दिन्छ ?
नेपाली कागजमा फगत नक्शा
देखाई राष्ट्रएकता
कस्ले बलियो पारी दिन्छ ?
बा तिमी फेरी आउहै
वाईड वडि कस्ले
लुकाई दिन्छ ?
मेरो छोरीको अस्मिता लुटिदा पनि
मलाई जागीर कस्ले दिन्छ ?
त्यसैले बा
तिमी फेरि आउ
किन कि
म अझै माक्र्स र लिने दिने वादको सच्चा
राष्ट्रवादी सिपाही हु तिम्रो बुध्दिमा लागेको हु तिम्रो बुध्दिमा लागेको ।
सानो रोल्पा बर्दिया ्र

798 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal