सुकेको पात्रहरू एक छिन हल्लिने मात्र हुन्ः प्रधानमन्त्री ओली

२०७७ पुष १९ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट फुटेर जानेहरूलाई सुकेको पातहरू भन्दै तीनको गति क्षणिक हुने बताउनुभएको छ ।
आज काठमाडौँमा अनेरास्ववीयुले आयोजना गरेको बृहत् भेलालाई संबधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ सुकेको पात्र एकछिन हल्लिने हुन् एकछिन् पछि थान्को लाग्छन् ।’
पार्टी र सरकारभित्रै बसेर षडयन्त्र गर्नेहरूकै कारण काम गर्न असहज भएको भन्दै प्रधानमन्त्रीले अब त्यस्तो नहुने बताउनुभयो । ‘पार्टी भित्रै बसेर देशको समय बर्बाद गर्ने प्रयास गर्नुभयो त्यसैले संसद् भङ्ग गर्नुपर्‍यो, प्रधानमन्त्रीको भनाई थियो ।

311 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal