कोरोनाबाट कांग्रेस नेता डा. शेखर कोइरालाका दाजुको मृत्यु

२०७७ पुष १९ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमण देखिएपछि भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत कोइरालाको आज विहान मृत्यु भएको उहाँका भाई डा. शेखर कोइरालाले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो ।
केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन डा शेखर कोइरालाका आफनै दाजु हुनुहुन्छ ।

173 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal