पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

२०७७ पुष २० गते, सोमबार

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड–माधव नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएका छन् । सोमबार विहान पत्नी सीताको उपचारका लागि प्रचण्ड भारतको मुम्बई प्रस्थान गरेका हुन्।
सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो ।
विगत केही केही समयदेखि अस्वस्थ रहेकी सीता दाहाललाई केही दिन अगाडि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधान नदेखिएपछि सीतालाई भारतको मुम्बई लगिएको हो ।

156 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal