माल्दिभ्समा मस्ती गर्दै सारा

२०७७ माघ १३ गते, मंगलवार

माल्दिभ्समा मस्ती गर्दै सारा
मुम्बई – बलिउड अभिनेत्री सारा अली खानले हालैको दिनमा आफ्नो बिदा माल्दिभ्समै बितार्इ रहेकी छिन् ।
मालदिभ्स बसाइँमा उनले खिचेका केही तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ । उनले स्वीमिङ पुलमा फ्लोटिङ लञ्चका साथ तस्बिर खिचाएकी छन् ।
उनले कलरफूल बिकिनीमा कैयौं तस्बिर खिचेकी छन् । जुन तस्बिर सामाजिक सञ्जालमा हेर्न सकिन्छ । स्वीमिङ पुलमा खाना खाँदै गरेको तस्वीरमा उनले ‘जति खाना आएको छ, सबै खानेछु’ भन्दै क्याप्सन लेखेकी छन् ।


सारा आमा अमृता र भाइ इबराहिमका साथ माल्दिभ्स गएकी थिइन् । उनी हालै मात्र फिल्म ‘कुली नम्बर वान’मा देखिएकी थिइन् । सारा अभिनेता कार्तिक आर्यनको अफेयरमा थिइन् । तर उनीहरुको अफेयर लामो समय टिक्न सकेन ।
माल्दिभ्स जानुअघि उनले अक्षय कुमार र धनुषका साथ फिल्म ‘अन्तरंगी रे’को सुटिङ पुरा गरेकी थिइन् ।

259 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal