तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोपः प्रधानमन्त्री ओली

२०७७ माघ १४ गते, बुधबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने बताए ।
ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौँ । यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ।’
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएर अभियान सुरु भएको हो ।
त्यसपछि डा. अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झासहितले खोप लगाएका छन् ।

195 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal