‘बुद्धिष्ट संस्कृति झल्काउने’ होटल दा फ्लामिङ्गो

२०७७ फाल्गुन २४ गते, सोमबार

बुटवल । बुटवलमा बुद्ध संस्कृति झल्काउने ‘होटल दा फ्लामिङ्गो’ स्थापना भएको छ ।
हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापित होटल यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने भएको छ । सो बारे होटलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


सो अवसरमा होटलका सञ्चालक दिलिप गौचनले स्वदेशमा, अझै आफ्नै स्थानीय क्षेत्रमा केही गरौं भन्ने सोँचले हस्पिटालिटीका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न होटल सञ्चालनमा ल्याउन लागेको बताउनु भयो । सो का लागि हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको समूह बनाएको उहाँको भनाई छ ।


शिवरात्रीको अवसरमा फागुन २६ गतेदेखि सफ्ट ओपनिङ्ग गर्दै सेवा शुभारम्भ गर्न लागेको बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सम्पूर्ण तयारी पूरा भएको महाप्रबन्धक काशीराम अधिकारीले जानकारी दिनुभयो ।
होटलले विशेषगरी लुम्बिनी भ्रमणमा आउने तथा बौद्धिष्ट पर्यटकहरुलाई लक्षित सेवा प्रदान गर्ने लक्ष्य राखेको बताएको छ । सो का लागि बुद्धिष्ट संस्कृति र संगीत झल्काउने लगायतका विशेषताहरुको व्यवस्थापन गर्ने महाप्रबन्धक अधिकारीले बताउनुभयो ।

त्यसैगरी होटलमा थकाली संस्कृति झल्काउने विशेषता र परिकार पनि रहने बताइएको छ ।
होटलमा लामो समयदेखि विभिन्न देशहरुमा काम गरेका सूर्यप्रसाद बस्याल प्रमुख सेफ रहेको र हस्पिटालिटी क्षेत्रका अनुभवी दिवाकर प्रधान फूड एण्ड वेभरेज म्यानेजर रहेका छन् । त्यसैगरी मानवीय स्रोत व्यवस्थपनमा शिला आचार्य रहेकी छन् ।
होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार प्रकारका ५२ वटा रुम रहेको होटलले जनाएको छ ।
त्यसैगरी होटलमा ४ सय जना क्षमताको एउटा बेन्कुइट हल छ भने २ वटा कन्फ्रेन्स हल छन् । एक कन्फरेन्स हल सय जना क्षमताको र अर्को ३० जना क्षमताको रहेको छ । त्यसैगरी होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम, प्रशष्त पार्किङ क्षेत्र, मनोरम बुटवलको दृश्य अवलोकन गर्ने स्थान लगायतका सेवा तथा विशेष्ता रहेका छन् । होटलमा करिब २० करोड लगानी रहेको सञ्चालक गौचनले बताउनु भयो ।

267 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal