युवा संघको अध्यक्षमा राजु पहारी

२०७७ फाल्गुन २५ गते, मंगलवार

दिपक धानुक , धनगढी । नेकपा एमालेको भात्रीसंगठन राष्ट्रिय युवा संघ नेपालको बर्दिया जिल्ला अध्यक्ष मा बर्दियाका युवा नेता राजु पहारी चयन हुनु भएको छ ।

सोमबार सम्पन्न कमिटी बिस्तार , सपथ ग्रहण तथा युवा भेला बाट नेता राजु दर्शन पहारी चयन हुनुभएको हो । साथै भेलाले उपाध्यक्षमा रेशम चन्द , मोहन पौडेल र भुपेन्द्र खनाललाइ चयन गरेको छ ।

यस्तै सपथ ग्रहण तथा युवा भेला कार्यक्रमले २२३ सदस्यीय जिल्ला कमिटी पनि बिस्तार गरेको छ ।

कमिटी बिस्तार , सपथ ग्रहण , तथा युवा भेला लाई संबोधन गर्दै अध्यक्ष राजु पहारिले भन्नू भयो ” एमाले पार्टी जनताको पार्टी हो , र हामी युवा जनताका सेवक हौ , राष्ट्रिय युवा संघ बर्दियाको बिकास निर्माण लगायत सम्पूर्ण समस्या का समाधान गर्न तर्फ सधै लाग्ने छ ।” यस्तै भेला ले सम्पुर्ण पालिका हरुमा पनि संयोजक र सहसंयोजक नियुक्त गरेको छ।

1391 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal