बुद्दभुमिमा निशुल्क जुत्ता बनाउने तालिम

२०७७ चैत्र २ गते, सोमबार

बिकास भुसाल , कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका मा बेरोजगारी र सीप नभएका मानिस हरुलाइ रोजगारी दिने उदेश्य ले निशुल्क जुत्ता बनाउने तालिम संचालन गरिएको छ । आज एक कार्यक्रमका बिच जुत्ता बनाउने तालीम को उदघाटन गरिएको छ ।

कार्यक्रममा , माउन्ट एभरेस्ट ईन्स्टिच्युका प्रबन्ध निर्देशक बिबस बन्जाडेको अध्यक्षता बुद्दभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता , वडा नं २ का वडा अध्यक्ष भेषराज खनालको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन सुशील गैरे ले गर्नु भएको थियो । निशुल्क जुत्ता बनाउने तालिम एक महिना सम्म संचालन हुने माउन्ट एभरेस्ट ईन्स्टिच्युले बुद्दबाटिका अनलाइन सङ बताएको छ ।

No description available.

लक्षित बर्ग अन्तरगत बुद्दभुमी नगरपालिकाको आर्थिक सहयोग तथा माउन्ट एभरेस्ट ईन्स्टिच्युको प्राबिधिक सहयोगमा संचालन हुने जुत्ता बनाउने सिपमुलक तालिममा प्रशिक्षक सोमबहादुर नेपालिले गर्नु हुन्छ भने उक्त तालिममा लक्ष्यित बर्ग अन्तरगत का ब्यक्तिले सीप सिक्ने अवसर मिल्ने ईन्स्टिच्युका प्रबन्ध निर्देशक बिबश बन्जाडेले बताउनु भएको हो ।

302 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal