नेता राजिव पहारिको पहलमा पोखरामा बन्ने भयो प्रदेशकै नमुना ‘प्रस्याङ बगैचा पार्क’

२०७७ चैत्र ४ गते, बुधबार

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को प्रस्याङमा राजिव पहारिको पहलमा करिब १ करोड लागतमा ‘प्रस्याङ बगैचा पार्क’ बन्ने भएको छ । पार्कलाई सौन्दर्यकरण तथ भौतिक संरचना निर्माणकार्यको आज शुभारम्भ गरिएको हो ।

पार्क निर्माणको शिलन्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले कुरा भन्दा कामलाई महत्व दिएको बताए । आउदो असारसम्म यो एउटा सुन्दर पार्कमा परिणत भैसक्ने दावी समेत गरे । आवश्यक पर्ने कुरामा भौतिक पूर्वाधार मन्त्रालय कहिल्यै पछाडी नहट्ने उनको भनाई छ ।

गण्डकी प्रदेश उज्यालो प्रदेशको रुपमा रुपान्तरणको अन्तिम अवस्थामा रहेको मन्त्री बस्नेतले बताए । बाटोघाटो, घरघरमा धाराको विषयमा पनि गण्डकी प्रदेशले फड्को मारिसकेको उनको दावी छ ।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश सांसद् राजिव पहारीले प्रदेशमा पछिल्लो चरणमा विकासका कामले द्रुत गति लिएको बताए । स्वदेशी तथा विदेशी पर्यटक गण्डकी प्रदेश तथा पोखरा घुम्दा आउँदा एक पटक प्रस्याङ बगैचा पार्क जानै पर्छ भन्ने वातावरण यो पार्कले सिर्जना गर्ने सांसद् पहारीको भनाई छ ।

त्यस्तै पार्क संचालन समितिकी संयोजक अञ्जु क्षेत्रीले प्रस्याङ बगैचा पार्क गण्डकी प्रदेशकै नमूना पार्कको रुपमा विकास हुने धारणा राखिन् । बागलुङ हाइवेसँगै भएकाले केही समय पार्कमा पसेर जान मन लाग्ने वातावरण सिर्जना हुनेमा ढुक्क रहेको उनको भनाई छ । शान्त वातातरण, रमणिय दृष्य तथा पार्क भित्रै कफि सप हुने भएकाले नमूना पार्क निर्माण हुने बताइन् ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. ५ का जनप्रतिनिधी उज्वल खत्रीले पार्कलाई वडाकोमात्र नभई सिंगो प्रदेशकै नमूना पार्क बनाउनुपर्नेमा जोड दिए । यसमा सबै वडा वासीले साथ दिन समेत उनले आग्रह गरे ।

गण्डकी प्रदेशको भौतिक विकास मन्त्रालय अन्तरगतको भवन तथा शहरी विकास कार्यालयको रकमबाट उक्त पार्क निर्माण हुनेछ । कुल लागत अनुमान ८५ लाख १६ हजार ५ सय २६ रुपैया रहेको छ । यो लागत भ्याट र पिएस बाहेकको हो । पार्क २०७८ असार २० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ ।

449 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal