गुटको भेला गरि पार्टीको भेला भनेर भ्रम फैलाउने अधिकार कसैलाइ छैन: नेतृ घिमिरे

२०७७ चैत्र ४ गते, बुधबार

कपिलबस्तु । राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु सह-इन्चार्ज नेतृ बिमला घिमिरेले माधव नेपाल र झलनाथ खनाल पक्षको भेला लाई गुटको भेला भन्दै गुटको भेला नगर्न आग्रह गर्नु भएको छ । उहाले सामाजिक सन्जालमा लेख्नु भएको छ ” पार्टिको अध्यक्ष र वहुमत भएको सस्थांपन पक्ष लाई गुटको भेला देख्ने ,अध्यक्ष विना गरेको भेला चाहिँ के हो नि कमरेडहरु ? महाधिवेशन विना अध्यक्ष वन्ने विधानको कुन धारामा लेखिएको छ ? आफ्नै सरकार ढाल्न खोज्ने र प्रधानमन्त्रि अरु नै पार्टिलाइ सुम्पन खोज्ने ,के जनताको भावना यहि हो ?

अदालतको फैसला पछि त एकै ठाउमा हुनु पर्ने कमरेडहरु,एमाओवादिलाइ अनुकुल हुने मात्र भाषण र काम गर्ने ,मानौ प्रचन्डले नै एमाले फुटाएर हामी सगै ल्याउनु भने जस्तो गरि हतार हतारमा गुटको भेला गर्ने ,प्रचन्ड कमरेडलाइ भारत अनुकुल सरकार चाहिने ,तपाँइहरुलाइ एमाओवादि अनुकुल पार्टि चाहिने ,यो कस्तो संयोग कि सेटिङ ?सरकारले इतिहासमा कहिल्लै कसैले गर्न नसकेका र नसोचेका कामहरु गर्दै जाने ,विगतमा भएका भष्ट्राचारि र अपराधिहरुलाइ कार्वाहिको दायरामा ल्याउदै जाने तर केही पुर्वाग्रहिआखाले देख्दै नदेख्ने कस्तो विडम्वना ? यी र यस्ता प्रश्नहरु कार्यक्रता मात्र होइन आम जनताको मनमा उब्जिएका छन ।के नेताहरुले यसको जवाफ दिनु पर्दैन ?

हिजो आफुहरु पार्टि प्रमुख हुदा तिनै कार्यक्रताले भरोसा दिएका थिएनन ? आफुले हिजो पार्टि सन्चालन गर्दा के के गरियो ,अरुलाइ कस्तो व्यवहार गरियो पार्टि कुन अवस्थामा पुर्याइयो अझै त स्मरणमा छ होला कमरेड हरु ?विगतमा पार्टि विभाजन गरेर महानता ठान्ने र पछि गल्ति भयो ,अब गल्ति दोहोर्याउदैनौ भनेर कार्यक्रता सग माफ मागेको त ताजै होला नि ? अहिले फेरि उहि गल्ति गर्दा के होला एक पटक सोचौ, पार्टि विभाजनले कसैको हित गर्दैन ,नजर वदलौ ,सोच वदलौ आजको आवस्यकता र कार्यक्रताको भावना वुझ्ने प्रयास गरौ। “

370 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal