चौतर्फी घेराबन्दी सिंहको गरिन्छ स्यालको हैन र ओलि गर्जिएको सिंह हुन

२०७७ चैत्र ६ गते, शुक्रबार

काठमाडौं । संसद् पूनःस्थापनापछि दलहरु आ–आफ्नै रणनीतिका साथ अघि बढेका छन् । यससङै प्रधानमन्त्री केपि शर्मा ओलि चौतर्फी रुपमा घेराबन्दी परेका छन , तर केपि शर्मा ओलिले भने जस्ता सुकै संकट आए पनि सजिलै फेस गर्ने बताएका छन । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य गरिरहेका छन् । पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर नै उनले प्रधानमन्त्री ओलीलाई हटाउने निर्णय गरे र त्यसको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुसँग छलफल पनि गरे । तर, अहिलेसम्म तीन दलबीच सत्ता समिकरणको लागि ठोस सहमति भएको छैन् ।

नयाँ सरकार गठनको लागि अहिले जसपा, नेपाल निर्णायक शक्ति बनेको छ । जसपाभित्र पनि अहिले प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएको छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीसँग सहकार्य गर्नेबारे सकारात्मक देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीसँग सहकार्य गर्न नहुने अडानमा छन् । यसैबीच, सत्ता समिकरणको लागि महत्वपूर्ण निर्णय लिन आज बस्ने भनिएको कार्यकारिणी बैठक समेत अनिश्चितकालका लागि स्थगित् भएको छ ।

यता, माओवादी केन्द्रले समेत तत्काल कुनै बैठक राखेको छैन् । कांग्रेसको पनि आधिकारिक रूपमा बैठक राखेको छैन् । बरु, प्रमुख सत्तारूढ दल नेकपा (एमाले) बरु चलायमान छ । अध्यक्ष ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बेग्लाबेग्लै छलफलमा छन् । आजमात्रै ओलीले पार्टीको संसदीय दलको बैठक राखेका थिए । उक्त बैठकमा माधव नेपाल पक्षका सांसदहरु गएनन् । बरु, ललितपुरको हेरिटेज गार्डेनमा नेपाल पक्षको राष्ट्रिय भेला जारी छ ।

संसद् पूनःस्थापनापछिको नेपाली राजनीतिक दृश्य अझै क्लियर भएको छैन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकार नै निरन्तर हुन्छ कि या उनलाई हटाएर नयाँ सरकार बन्छ ? भन्नेबारे चर्चा चलिरहेको छ । संसद् बैठक अब भोलि दिउँसो १ बजे बस्दैछ । आजमात्रै पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले साता÷दश दिनभित्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताईसकेका छन् ।

महामन्त्री कोइरालाले मात्रै नभएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले समेत एक साताभित्र नयाँ सरकार गठन भैसक्ने घोषणा गरेका छन् । हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार तय नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका थिए ।

दलहरुको पछिल्लो रणनीति र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग गरेको सर्वदलीय बैठकपछिको सिनारियो हेर्दा अब राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने र आगामी मंसिरभित्रै चुनाव गराउनेगरि दलहरु अघि बढेको बुझिएको छ । तर, प्रधानमन्त्री ओली भने आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपनि फेश गरेर अघि बढ्ने अडानमा छन् ।चौतर्फी दबाबमा पारेका ओलिलाइ कसैले केही गर्न नसक्ने देखिए पछि सामाजिक सन्जाल भरी ओलिलाइ गर्जिएको सिंह मान्न थालिएको छ ।

698 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal