कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यका भित्रिने नाकामा कडाइ

२०७७ चैत्र १९ गते, बिहीबार

काठमाण्डाै । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ ।

उपत्यकामा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

उहाँकाअनुसार काठमाण्डौ जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ ।

सङ्क्रमण दर बढ्न थालेसँगै गएको आइतवारदेखि नै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । त्यस्तै सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिने पराजुलीले बताउनुभयो ।

235 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal