प्रतिपक्षी खोज्न कहि जानू पर्दैन , घर भित्रै पाइन्छन : राजिब पहारी

२०७७ चैत्र २३ गते, सोमबार

पोखरा । कास्की क्षेत्र नं -३ का सांसद तथा नेकपा एमाले युवा नेता राजिब पहारिले प्रतिपक्षीहरु घर भित्रै पाइने बताउनु भएको छ । कास्की क्षेत्र नं -३ मा नेकपा एमाले बाट निर्बाचित जनप्रतिनिधि हरुले कास्किमा आज सम्म भएका बिकास निर्माणका आयोजना र अब बनाउने परियोजना बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गरेको छलफल तथा अन्तर क्रिया कार्यक्रममा नेकपा एमाले बाट निर्बाचित जनप्रतिनिधि हरु , संघीय सांसद , प्रदेश सांसद पालिका प्रमुख / उपप्रमुख र वडाअध्यक्ष को सहभागिता रहेको थियो ।

कार्यक्रम मा बोल्दै कास्की क्षेत्र नं -३ (ख) का सांसद तथा युवा नेता राजिब पहारिले नेकपा एमाले सधै जनताको साथमा रहेको र जनताका पक्षमा क्रियाशिल रहेर काम गरेको र अब पनि गर्ने बताउनु भएको छ । उहाले भन्नू भयो ” हामी सधै जनताको पक्षमा छौ , बिकास निर्माणमा भएका ढिलासुस्ती बाधा र समस्या हरु औंलाउनु हामी तपाइको साथमा छौ , हामिले जनताका माग सम्बोधन गरिदिन्छौ ।”
उहाले माधव नेपाल गुटलाई सज्ञा दिदै प्रतिपक्षी खोज्न कहि जान नपर्ने घरभित्रै पनि भेटाइने बताउनु भएको छ । माधव नेपाल गुटले आफ्नै पार्टीका केपि शर्मा ओलि विरुद्ध गए पछि उहाले यस्तो बताउनु भएको हो ।

कास्की मा नेकपा एमाले ले जितेको ठाउँमा केपि शर्मा ओलिले देखाएको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुँदै गएको बताउनु भयो । उहाले भन्नू भयो “कास्की क्षेत्र-३ मा अझै सम्म बजेट फृज भएको छैन , पुर्बाधार बिकास ,निर्माण , खानेपानी र शिक्षा स्वास्थका क्षेत्रमा उल्लेख उन्नती भएको छ , नेकपा एमालेको घोषणा पत्रमा उल्लेख भएका सम्पुर्ण काम हरु पूरा गर्दै छौ । “

उहाले प्रदेश सारकारले गरेका काम हरु जनता सामु पुग्नु पर्ने बताउदै काम प्रदेश सरकार ले गर्ने नाम पालिका अध्यक्ष ले कमाउने भएको घटना समेत औल्याउँनु भयो ।

कास्कीमा नेकपा एमालेले बिकास निर्माणका योजना बारे छलफल र अन्तरक्रिया कार्यक्रम राख्नु ले नेकपा एमाले कास्की , कास्की का जनता प्रती जिम्मेवारी र उत्तरदायी बनेको पुष्ठि हुन्छ ।

पटक पटक कास्कीका जनताका निम्ति एमाले पार्टी ले दिएको योगदान र एमाले बाट निर्बाचित सांसद ले गरेका बिकास निर्माणका कामहरु ले गर्दा नेकपा एमाले कास्कीमा लोकप्रिय बनेको हो ।

528 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal