गगन थापालाइ आफू सङ बहस गर्न युवा नेता कार्किको चुनौती

२०७७ चैत्र २६ गते, बिहीबार

स्पेन । नेपालि काङ्ग्रेस का युवा नेता गगन कुमार थापालाइ मदन भण्डारी फाउन्डेसन स्पेनका अध्यक्ष तथा नेकपा एमाले उदायमान युवा नेता सुमन कार्कीले संसदमा कुकुर जस्तै नभुक्न सुझाब दिदै आफू सङ बहस गर्न चुनौती दिनु भएको छ् ।
आज गगन कुमार थापाले संसदमा प्रधानमन्त्रीले गरेको बिकासनिर्माण का कामहरुको पनि बिरोध गरेको भन्दै अध्यक्ष सुमन कार्किले गगन थापाले बाख्रा पालमा लिएको १५ करोड अनुदान को छानबिन गर्ने र आफू सङ राजनीतिक बहस गर्ने खुल्ला चुनौती दिनुभएको हो । उहाले सामाजिक सन्जालमा लेख्नु भएको छ

” गगन थापा काम केही नगर्ने बोल्ने मात्र । आफ्नो निर्बाचन जितेको ठाउ को के कति बिकास भएको छ र उनलाई मतदान दिने जनता कति खुसी छन उनिसग त्यस्को जनमत सर्बेक्षन गरौ !

२०औ बर्ष सरकारको नेतृत्व गर्ने आफ्नो पाटी अनि काम नगर्ने आफ्नै पालामा अनि अहिले ठुला कुरा गर्न सुहाउँदैन कि गगन जि ?
सरकारको ३ बर्षे काम कार्वाही बारे संसदमा बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिने गगन थापालाई २०४६ साल पछि नेपाली कांग्रेसले घटाएका यी घटनाहरुको बारेमा बहस गर्न म खुला चुनौती दिन्छु। छ हिम्मत थापा ज्यु ??

१) २०४७/०२/१४, २०४७/०४/०८ र २०४७/०५/०३ गते प्रथम पटक तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई मन्त्री परिषदले निर्णय गरी २९९ रोपनी ९ आना क्षेत्रफलको ललिता निवास जग्गा ब्यक्तिको नाममा नामसारी गरेको विषयमा बहस गर्न तयार छौ ??

२) २०४८ मङ्सिर १८-१९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारतको पहिलो राजकीय भ्रमणमा निस्कदा गोप्यरुपमा राष्ट्रघाती टनकपुर सम्झौता गरेको बिषयमा बहस गर्न तयार छौ ??

३) २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मेडिकल बिभाग नै नभएको काठमाडौं विश्वविद्यालयबाट भारतीय लगानीमा पोखरा मणिपाल शिक्षण अस्पताल र चितवन मेडिकल कलेजलाई सम्बन्धन दिलाई मेडिकल क्षेत्रमा सर्वप्रथम माफिया भित्र्याउने बिषयमा बहस गर्न तयार छौ ??

४) २०४९ साउन ६ प्रतिनिधि सभामा रासायनिक मल खरिदमा सरकारी कमिसनको जालो बारेमा तत्कालीन कृषिमन्त्री शैलजा आचार्यले कुरो उठाउँदा गिरिजाप्रसाद कोइरालाले मन्त्री पदबाट बर्खास्त गरेका थिए के यो बिषयमा बहस गर्न तयार छौ ??

५) विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको राष्ट्रघाती महाकाली सन्धि बारे बहस गर्न तयार छौ ??

६) २०५० र २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटाएको धमिजा र लाउडा काण्डले क्रमशः ४० करोड र १ अर्ब ७९ करोड घाटा बेहोरेको तत्कालीन शाही नेपाली वायुसेवा निगमको बिषयमा बहस गर्न तयार छौ ??

७) प्राडो पजेरो कान्ड देखि प्रजातन्त्र दरबारमा बुझाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बारे बहस गर्न तयार छौ ??

८) २०६२/६३ पछि नेपाली कांग्रेस सरकारमा सहभागी हुँदा घटाएका सुडान घोटाला कान्ड, लडाकु शिविर घोटाला कान्ड, वाइडबडी काण्ड, राष्ट्रघाती एमसिसि सम्झौता, ३३ किलो सुन कान्ड, एनसेल कान्ड आदि इत्यादिको बारेमा बहस गर्न तयार छौ ??

भर्चुअल जुम बाट बहस गरौ जुनै समय खुल्ला चुनौती छ । “

3420 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal