कैलालीका युवा डल्फिन संरक्षणमा जुटे

२०७८ बैशाख १२ गते, आईतवार

कैलाली। कैलालीका नदीमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी डल्फिन संरक्षणका लागि स्थानीयस्तरबाट थुप्रै प्रयास भएका छन् । वर्षायाममा कैलालीका मोहना, पथरिया र काढानदीमा देखिने डल्फिन संरक्षणका लागि स्थानीय युवाले विभिन्न प्रयास गरेका छन् । युवाको प्रयासमा स्थानीय र प्रदेश सरकार पनि सहयोगीका रूपमा जोडिएका छन् ।

डल्फिन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कैलालीको भजनी र टीकापुरका युवाले त्रिवेणीधाम धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने अभियानसमेत सुरु गरेका छन् ।

डल्फिन संरक्षणमा लागेका युवाले टीकापुर नगरपालिका-७ ढुङ्गानाटोल, वैदी, कुन्तिपुर र भजनी नगरपालिका-३ दैलेखटोल, नयाँ बस्ती, बर्दवा र वडा नं ८ सोनाफाँटा, खल्लाटोल र काढाढिकको मोहना, पथरिया र काढानदीका डल्फिन क्षेत्रको त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु गरेको संरक्षणकर्मी बताउँछन् ।

350 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal