निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण

२०७८ बैशाख १३ गते, सोमबार

काठमाण्डाै । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३  राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानुनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौ बुँदे ध्यानाकर्षण गराएको हो । यस विषयलाई महसुस गरी निर्वाचन आयोगले यसअघि पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन स्मरणपत्र पठाएको थियो ।

संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका सर्त तथा कानुनी प्रावधानको पालना गरी आफ्नो काम कारबाहीको विवरण कानुनबमोजिम आयोगमा पेस गर्नुपर्ने राजनीतिक दलको दायित्व हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

250 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal