गोली लोड गरिएको दुईवटा पेस्तोल र चरेससहित भारतीय नागरिक पक्राउ

२०७८ बैशाख १३ गते, सोमबार

सर्लाही । नेपाल–भारत सीमा नजिकबाट गोली लोड भएको पेस्तोल तथा लागू औषध चरेशसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो । राति ९ बजे गरिएको जाँचमा महतोको साथबाट प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल, गोली लोड भएको अवस्थामा दुई थान कटुवा पेस्तोल, ५ सय ग्राम चरेश र एउटा मोबाइल बरामद गरेको छ ।

महतोमाथि लागू औषध तथा हातहतियार खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रतिक्रिया दिनुहोस्

155 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal