मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

२०७८ बैशाख १३ गते, सोमबार

काठमाण्डौ । काठमाण्डौमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ ।

आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले काठमाण्डौ उपत्यकाका चोकचोकमा खटिएका प्रहरीले स्वास्थ्य मापदण्ड पालना भए नभएकाबारे अनुगमन गर्दै आएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि विज्ञहरुले अनिवार्य मास्क लगाउन भनेपछि प्रहरीले कडाइ गरेको हो ।  

443 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal