रोल्पा : चट्याङ्ग लागेर एक बालकको ज्यान गयाे, दुई घर जलेर नष्ट

२०७८ बैशाख १७ गते, शुक्रबार

 रोल्पा। रोल्पामा चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । दुई वटा घर जलेका छन् ।

चट्याङ्ग लागेर सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षका अभिशेख पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर बालकको ज्यान गएको र आमालाई सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो ।

चट्याङ्गबाट आगो लाग्न सुरु हुँदा परिवर्तन गाउँपालिका-२ बागमाराका अमन कुमारी राना र त्रिवेणी गाउँपालिका-२ दहवनका कृष्ण केसीको घरमा आगलागी भएको छ । आगलागीबाट घरसहित घरमा भएका सामान जलेर नष्ट भएका छन् ।

234 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal