एमसीसीबारे देउवा : सित्तैमा यत्रो पैसा आउँदैछ, भ्रम फैलाएर हुन्छ ?

२०७८ बैशाख १७ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने अडान राखेका छन् । नेपालमा आउन लागेको यति ठूलो विदेशी अनुदानबारे अनावश्यक भ्रम फैलाइएको उनको टिप्पणी छ ।

आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो । मेरो पालामा त सिग्नेचर गरेर पठाएको मा हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

उनले थपे, ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ रु कसैले दिन्छ रु यस्ता झुट्टा प्रचार भइराख्या छ ।’

पत्रकारको अर्को प्रश्न थियो, ‘एमसीसी पारित भएन भने मलाई अप्ठेरो पर्छ भन्ने तपाईंले भन्नुभएको कुरा आयो नि रु’

देउवाले झेक्किँदै जवाफ दिए, ‘कहाँ भन्या छु मैले ?’

पत्रकारले भने, ‘बाहिर आएको कुरा हो ।’

देउवाले जवाफ दिए, ‘होइन भनिसकेँ त मैले । फेरि भन्छु सुन्नु, होइन होइन होइन ।’

एमसीसीको विषयमा प्रचण्डसँग सहमति भएको भन्ने कुरा चाहिँ के हो रु

देउवाले भने, ‘होइन । प्रचण्डले सहयोग गर्छु भनेको छैन ।’

193 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal