कोरोना संक्रमितले भरिंदै चितवनका अस्पताल

२०७८ बैशाख १७ गते, शुक्रबार

चितवन । चितवनका अस्पतालहरूमा सिकिस्त कोरोना संक्रमितहरूको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ ।

चितवनको सबभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार, कोभिडका लागि छुट्याएका बेडहरू गम्भीर बिरामीहरूले भरिएका छन् । ६०० बेडको भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि १५० बेड छुट्याइएको छ ।

कोभिडका बिरामी बढ्दै जाँदा प्रसूति, जनरल, आईसीयू, एनआईसीयू, अप्रेशन, डायलासिस लगायतका सेवा प्रभावित हुनसक्ने देखिएको छ । अस्पतालले आज शुक्रबारबाट ओपीडी सेवा बन्द गर्ने भएको छ । अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ भएका छन् ।

४० बेडको मेडिकल वार्डलाई कोभिड वार्ड बनाउने तयारी गरिएको अध्यक्ष डा। अधिकारी बताउँछन् । गम्भीर प्रकृतिका बिरामी थपिंदा अक्सिजन व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको उनले बताए ।

भरतपुरमा २५ वटा निजी अस्पताल छन् । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीका अनुसार ती अस्पतालमा कोरोनाका गम्भीर बिरामी बढिरहेका छन् । तर, पूर्वाधार र जनशक्ति सीमित भएकोले निजी अस्पतालहरूमा धेरै संक्रमितले उपचार पाउन मुश्किल हुने उनको भनाइ छ ।
अस्पतालमा आफ्नै प्लान्टबाट पनि अक्सिजन आपूर्ति भइरहेको छ । तर, गम्भीर एक बिरामीलाई प्रति मिनेट १५ देखि २० लिटरसम्म अक्सिजन दिनुपर्दा आपूर्तिमा असर पर्न सक्ने उनी बताउँछन् ।

‘कोभिडले गर्दा धेरै ठाउँमा धेरै उपयोग भइरहेकोले व्यवस्थापन गर्न समस्या होला कि भन्ने देखिएको छ’ डा। अधिकारी भन्छन्, ‘कुनै कारणले अक्सिजन प्लान्टमा केही समस्या आए के गर्ने भन्ने चिन्ता छ ।’

कोभिडका बिरामी बढ्दै गएपछि चितवन मेडिकल कलेजमा कोभिड बेड थपेर ११३ ९३३ आईसीयू, ५५ एचडीयू र २५ जनरल० पुर्‍याइएको छ । कलेजका निर्देशक डा। दयाराम लम्सालका अनुसार, अहिले त्यहाँ ३३ जना कोरोनाका बिरामी छन् । तीमध्ये अधिकांश गम्भीर छन् । जिल्ला बाहिरबाट समेत आउने बिरामीहरूलाई ध्यानमा राखेर बेड बढाएको लम्सालले बताए ।

चितवन मेडिकल कलेजका १७ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरमा पनि २५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ५०० बेड क्षमताको यो अस्पतालमा कोभिडको लागि ५९ बेड ९४० एचडीयू र १९ आईसीयू० छुट्याइएको छ । यसलाई बढाएर १०० पुर्‍याउने सोच रहेको कलेजका निर्देशक डा. मनोहर प्रधानले बताए ।

यता, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना संक्रमित क्यान्सर रोगीका लागि १६ बेडको डेडिकेटेड वार्ड तयार गरिएको छ । कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पताल आएर उपचारको क्रममा कोरोना पोजेटिभ भएका बिरामीलाई मात्र उपचार गरिने बताए ।

यो अस्पतालमा अहिले क्यान्सरको उपचार गर्दागर्दै कोरोना पोजेटिभ भएका दुई जना बिरामी छन् ।

भरतपुरमा २५ वटा निजी अस्पताल छन् । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीका अनुसार ती अस्पतालमा कोरोनाका गम्भीर बिरामी बढिरहेका छन् । तर, पूर्वाधार र जनशक्ति सीमित भएकोले निजी अस्पतालहरूमा धेरै संक्रमितले उपचार पाउन मुश्किल हुने उनको भनाइ छ ।

‘अहिलेका कोरोना संक्रमितलाई अक्सिजन धेरै चाहिन्छ, तर यहाँका कुनै पनि निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन’ सचिव अधिकारीले भने, ‘त्यसैले, बलियो संरचना भएका सरकारी अस्पताल र मेडिकल कलेजको क्षमता बढाएर कोभिड पोजेटिभको उपचार गर्नुपर्छ ।’

अधिकांश कोरोना पोजेटिभ घरैमा

चितवनका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनमा संक्रमित संख्या ७२४ छ । तीमध्ये ६७२ जना होम आइसोलेसन र ५२ जना अस्पतालमा छन् । जिल्लाका कोरोना संक्रमितहरू अस्पताल नपुगेको यो तथ्यांकले देखाउँछ ।

चितवनका अस्पतालहरूमा धेरैजसो अन्य जिल्लाबाट आएका गम्भीर कोरोना संक्रमितहरूको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय प्रमुख दीपकबाबु तिवारी चिनवनमा अहिले औसतमा दैनिक १४० जना संक्रमित भइरहेको बताउँछन् ।

‘शंका लागेर अस्पताल आएर जाँच गरिएकाको संख्या हो, यो । समुदायमा कति छन्, कसैलाई थाहा छैन’ तिवारी भन्छन्, ‘बजार क्षेत्रमा बढी संक्रमित छन्, यही अनुपातमा संक्रमित थपिए दुई दिनमा नै यहाँका अस्पतालहरूमा ठाउँ नै हुँदैन ।’

चितवन जिल्लामा फागुन अन्तिमसम्म १०९ जना संक्रमितको मृत्यु भएको थियो । त्यसपछिको डेढ महीनामा थप सात जनाको मृत्यु भएको छ ।

चिकित्सक भन्छन् स् घरमा नबसौं

चितवन मेडिकल कलेजको आकस्मिक कक्षका प्रमुखसमेत रहेका निर्देशक डा. दयाराम लम्साल कतिपय संक्रमित निकै गम्भीर भएपछि मात्र अस्पताल आएको बताउँछन् ।

‘यसले गर्दा आकस्मिक कक्षमा आएर त्यहीं मर्ने अवस्था भयो’ उनी भन्छन्, ‘केस एकदमै सिरियस छ, पीसीआर जाँच नभएकाले पोजेटिभ होरहैन भन्ने पनि थाहा छैन । अस्पताल आएको तीन–चार घण्टामा पीसीआर रिपोर्ट नआई मृत्यु हुने अवस्था भयो ।’

डा. लम्सालका अनुसार, पहिला संक्रमितको अवस्था ‘माइल्ड टु मोडरेट’ हुन्थ्यो, अहिले ‘मोडरेट टु सिभियर’ छ । संक्रमणको गति अहिलेकै रहे अबको एक सातामा अस्पतालहरूले नथेग्ने उनले देखेका छन् ।

‘अहिलेको निषेधाज्ञालाई कडा पार्दै पीसीआर परीक्षण तीन–चार गुणा बढाउनुपर्‍यो, क्रिटिकल केयरका अरू तयारीहरू पनि गर्न पर्‍यो’, उनी भन्छन्, ‘होम आइसोलेसनमा पनि ढुक्क भएर बस्न भएन, लक्षणहरू देखिनासाथ अस्पताल आउनु पर्‍यो ।’

भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारी भन्छन्, ‘घरमा अक्सिजन लेभल ९३ भएका बिरामीको एक्सरे हेर्दा एक तिहाइ फोक्सोको भाग सेतो भइसकेको पाइएको छ । अक्सिजन लेभल ठीक छ भनेर घरमा बस्न नहुने अवस्था छ ।

198 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal