निषेधाज्ञा भए पनि रोकिएन राजिब पहारिको निर्वाचन क्षेत्रमा बिकास निर्माणका काम

२०७८ बैशाख १८ गते, शनिबार

पोखरा । भनिन्छ, खाने मुखलाइ जुङाले छेक्दैन , त्यस्तै बिकास प्रेमी नेता राजिब पहारिको सुन्दर पोखरा बनाउने सपनालाई कोहि कसैले रोक्न सक्दैन । राजिब पहारि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेपनी बिकास निर्माणका चासो व्यक्त गर्नु भएकै हुन्छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नया भेरियन्टले छिमेकी देश भारत आक्रान्त भैरहेको बेला नेपाल सरकार ले पनि विभिन्न जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोनाको हटस्पट मानिएको पोखरामा पनि निषेधाज्ञा जारी गरिएको छ् । तर पोखरा लेकसाइडमा भने स्वास्थका मापदण्ड पालना गरि धमाधम बिकास निर्माणका कामहरु भैरहेका छन ।

May be an image of 1 person, standing and outdoors


स्वास्थ्यका मापदण्ड अपनाउदै नेपालको पर्यटकिय राजधानी मानिएको पोखरा र पोखराको मुटु मानिने पोखरा महानगरपालिका -६ लेकसाइडमा अस्पाल्ट पिचका कामहरु भइरहेका छन । बाटो अस्पाल्ट पिच हुनु भन्दा पहिला हरेक समय हिलाम्मे हुने क्षेत्रमा सवारी दुर्घटना पनि हुने गर्दथ्यो तर गण्डकी प्रदेशसभा सांसद तथा कास्की क्षेत्रनं-३ ९ख० का जनप्रतिनिधि राजिब पहारी को पहलमा उक्त क्षेत्रका बाटो हरु धमाधम पिच हुने गरेका छन । राजिब पहारिले पोखरा -६ मा मात्रै मुस्ताङचोक , गौरिको चौतारा , हलन चोक हुँदै जिरो किलोमिटर सम्म्को अस्पाल्ट पिच गर्ने कार्य सम्पन्न भएको छ । निषेधाज्ञा को बेलामा पनि राजिब पहारिको निर्वाचन क्षेत्रमा स्वास्थका मापदण्ड पालना गरि बिकास निर्माणका कामहरु भइ रहेका छन ।

May be an image of 1 person, standing, tree and road

हलनचोक , खहरे चोक हुँदै खैराको चौतारी सम्मको अस्पाल्ट स्वास्थ्यका मापदण्ड पालना गरि निर्माणकार्य सम्पन्न भएको छ । निर्माणका कामहरूमा खहरे चोकबाट डिगोपाटन सम्मको अस्पाल पिच र स्टिट -१८ डिगोपाटन बाट तल आउने बाटो र हलन चोक बाट डुङ्गा घाट सम्मको अस्पाल पिच पनि निर्माणकार्यको अन्तिम चरणमा छ । स्वास्थका मापदण्ड अपनाउदै हिजो र आज मात्रै ६०० मिटर अस्पाल्ट पिच सप्पन्न गरिएको छ ।

May be an image of 2 people, people standing and road

हरेक समय लाई बिकास निर्माण र समृद्ध प्रदेश बनाउन खर्च गर्ने राजिब पहारी बिहान दिउसो र साझको समयमा जनता का समस्या बुझ्ने र कसरी समाधान गर्ने भन्ने बारे जनता सङै छलफल गरेर समय बिताउनु हुन्छ । उहाले जनता सङै सहकार्य गरेर समृद्ध प्रदेश सुखी प्रदेश बनाउने सपना लाई पूरा गर्ने लक्ष्य रहेको र लक्ष्य पूरा गर्नेमा आफू बिश्ववस्त रहेको बताउनु भएको छ ।पोखरावासिहरु हिजोको हिलाम्मे बाटो आज पिच हुदा खुसिले गदगद हुँदै राजिब पहारिलाइ धन्यवाद समेत दिएका छन ।

May be an image of road
1271 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal