‘जातजाति र सङ्घीयता कति ठीक कति बेठिक’ पुस्तक सार्वजनिक

२०७८ कार्तिक ७ गते, आईतवार

काठमाडौँ । लेखक पदम श्रेष्ठको ‘जातजाति र सङ्घीयता कति ठीक कति बेठिक’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ ।

नेवाः जातीय महासङ्घद्वारा राजधानीमा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित चियापान समारोहमा १८ वटा नेवार सङ्घ सङ्गठनका अगुवाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा लोपोन्मुख, अति सिमान्तकृत, सीमान्तकृत, सुविधा बञ्चित र उन्नत समुहबारे चर्चा गरिएको छ । देशको विभिन्न जातिय पहिचान, मुल थलो, पहिचान धर्म वर्गको परिचयसहित प्रकाशित पुस्तकले संविधानमा उल्लेख अधिकारको कार्यान्वयनको लागि जनमानसमा जागरण फैलाउने लेखक पदम श्रेष्ठले बताउनुभयो ।

पुस्तकमा लेखकले नेपालको सन्दर्भमा सङ्घीयताबारे विभिन्न जातिय आन्दोलनमा संलग्न अग्रज अधिकारवादी तथा सम्वन्धीत समुदायका अगुवासँगको अन्तरवार्तासहित जातजातिका बारे मिहिन ढङ्गले गरेको अध्ययन समेट्नुभएको छ । उहाँका यस अघि नेपाल धर्म, नेवार, नेपाल मण्डल सम्पदालगायत जातीय परिचय, संस्कार, कलाबारे पुस्तक प्रकाशित छन् ।

438 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal