छुट्टाछुट्टै दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु

२०७८ कार्तिक २७ गते, शनिबार

सुर्खेत । सुर्खेतमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह ८४४, नम्बरको अटो रिक्सा अनियन्त्रित भइ दुर्घटना हुँदा वीरेन्द्रनगर– १ की ४४ वर्षीया जमरा शाहीको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ र ७ को सिमाना खारखोेलीमा मोटरसाइकल खोलामा खस्दा दैलेखको महाबु गाउँपालिका– ५ घर भएका २३ वर्षीय मनोजसिंह ठकुरी गम्भीर घाइते भएका थिए । उनको पनि उपचारकै क्रममा मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक सिंहले चलाएको वागमती प्रदेश ०२०२८ प ४८८७ नम्बरको मोटरसाइकल खोलामा खसेको थियो । मृतक सिंह नेपाल प्रहरीको जवान पदमा काठमाडौँमा कार्यरत थिए ।

131 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal