जनकपुरको रुपैठामा आइतबार राति सम्म निषेधाज्ञा

२०७८ कार्तिक २७ गते, शनिबार

जनकपुरधाम । साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत भएको भन्दै स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जनकपुरधाम उप महानगरपालिका– २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति ११ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।

उनका अनुसार पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

उक्त ठाउँमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कार्वाही गर्न सक्ने आदेशमा जनाइएको छ ।

167 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal