एमाले महाधिवेशनः गोरखाबाट १५ प्रतिनिधि सर्वसम्मतिले चयन

२०७८ कार्तिक २७ गते, शनिबार

गोरखा । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि गोरखाबाट १५ प्रतिनिधि सर्वसम्मतिले चयन भएका छन् ।

शनिबार भएको भेलाले खुलातर्फ सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानीलाई चयन गरेको हो ।

यस्तै महिलातर्फ सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त चयन भएका छन् भने दलिततर्फ कृष्ण नेपाली र काजीराम रोका चयन भएका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

175 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal