अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७८ कार्तिक २८ गते, आईतवार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे१ह–८४४, नम्वरको अटो रिक्सा अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा दुई जना सामान्य घाईते भएका छन । अटो रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिएर दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

211 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal