कार दुर्घटनामा हुँदा चार जनाको मृत्यु

२०७८ कार्तिक २८ गते, आईतवार

रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खसेको थियो ।

मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

129 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal