वाईसिएल इन्चार्ज तामाङसहित २ सय ५० जनाद्वारा माओवादी परित्याग गरेको घोषणा

२०७८ कार्तिक २८ गते, आईतवार

ललितपुर । ललितपुर महालक्ष्मी नगर ९ का वाईसिएल इन्चाज लगायत २ सय ५० भन्दा धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

ललितपुर सातदोवाटोमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीको महालक्ष्मी ९ वाईसिएल इन्चार्ज विरमान तामाङ, माओवादी केन्द्रको राष्ट्रिय व्यापार महासंघ सचिवालय सदस्य मोहनकृष्ण तण्डुकार, एमाओवादी महालक्ष्मी नगरसदस्य रामप्रसाद तिमल्सिना महालक्ष्मी नगरसदस्य लगायत २ सय नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गर्नुभएको हो ।

पार्टी परित्याग घोषणा कार्यक्रममा सहभागी एक युवाले महालक्ष्मी ९ लामाटारका सबै एमाओवादी सम्बद्ध पार्टीका कार्यकर्ताले पार्टी छोडेको बताउनु भयो । ‘महालक्ष्मी १० लाकुरीभञ्ज्याङका आधाभन्दा धेरै नेता कार्यकर्ताले पार्टी छोडेका छन,’ उहाँले भन्नुभयो । एमाओवादी महालक्ष्मी नगरसदस्य तिमल्सिनाले पार्टीमा उचित सम्मन र भूमिका नदिएको जनयुद्धको भावना अनुरुप काम नभएकाले पार्टी परित्याग गरेको बताउनु भयो ।

कार्यक्रममा नगर वाईसिएल इन्चार्ज तामाङले पार्टी परित्याग गरेको घोषणा गरेको भए पनि कुन पार्टीमा प्रवेश गरेको भन्ने विषयमा खुलाउन चाहनुभएन । यद्यपी पार्टी परित्याग कार्यक्रममा वागमती प्रदेश एमाले कमिटी सदस्य चिरिञ्जिवी आचार्यसहित एमाले निकट पत्रकारहरु समेत नित्याइएको थियो । कार्यक्रममा वागमती प्रदेश एमाले कमिटी सदस्य आचार्यले आइतबार १ बजे लामाटारमा पार्टी प्रवेश कार्यक्रम तय भएको भन्दै निम्ता गर्नुभएको थियो ।

133 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal