आज थप ३०६ जनामा कोरोना संक्रमण, ३४८ जना डिस्चार्ज

२०७८ कार्तिक २८ गते, आईतवार

काठमाडौँ । थप ३ सय ६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ हजार ९ सय ६६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९८ हजार २ सय ७४ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ जना पुगेको छ ।

135 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal