आजको मौसम

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । आज देशका धेरै स्थानमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । काठमाडौँमा आज मौसम बदली हुने छ । काठमाडौँमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम ९।९ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाका अनुसार अझै केही दिन वर्षा र भारी हिमपातको सम्भावना रहेको छैन ।

127 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal