आयल निगमका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले विना धितो कर्जा दिने

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नेपाल आयल निगमका कर्मचारीलाई विना धितो १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ ।

आइतबार राजधानीमा एक समारोहका बीच बैंक र निगमबीच यस्तो सहमति भएको हो । सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि। कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गर्नुभएको छ । सहमति अनुसार बैंकले निगमको सिफारिसमा न्यूनतम २ वर्ष पुरा गरेका निगमका कर्मचारीलाई विना धितो अधिकतम १५ लाख रुपैयाँ सरल कर्जा प्रदान गर्नेछ ।

यसका लागि निगमका तर्फबाट कर्मचारीहरुले तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा नै खोल्नुपर्नेछ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ ।

156 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal