स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७८ मंसिर २ गते, बिहीबार

दाङ । दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहानै बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुदा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन । घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

332 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal