बुद्धभुमीमा गुरुयोजनाको सुरुवात: नगर प्रमुख श्रेष्ठले गरे शिलन्यास

२०७८ मंसिर २ गते, बिहीबार

बुद्धभुमी । जिल्लाको बुद्धभुमी नगरपालिकाले आफनो १५ वर्षे गुरुयोजना अनुरुप वडा नं। ४ मा रहेको बुड्ढी तालमा थारु संग्रालयको शिलन्यास गरि गुरुयोजनाको सुरुवात गरिएको छ ।

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको बुड्डीमा रहेको ६५ विगाह क्षेत्रफलमा फैलिएको तालमा पर्यटन प्रर्वद्धन र सो क्षेत्रको विकासका लागि ४ करोड ५० लाखको योजनामा नेपाल सरकार पर्यटन मन्त्रालयबाट ३ करोड १५ लाख र बुद्धभुमी नगरपालिकाले १ करोड ३५ लाख बजेट विनियोज गरि थारु संग्राहलय निर्माण ,नगरपालिका देखि ताल सम्म पुग्ने वाटो, मन्दीर,गेट निर्माणका कामहरु आजैबाट सुरुवात गर्ने गरि प्रतिष्ठा रमिता जयअम्बे जेभिले ठेक्का सम्झौताको मिती देखि लागु हुने गरि १ वर्ष ६ महिनाको ठेक्का अवधी सम्पन्न गर्नु पर्ने नगरपालिका प्राबिधिक शाखा प्रमुख निकिता त्रिपाठीले जानकारी दिनु भयो । बुद्धभुमी नगरपालिका कै गौरवको योजना भएको कारण पनि समयमा नै सम्पन्न हुने कुरामा समेत उहाँले विश्वास दिलाउनु भयो ।

शिलयन्यास गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले तालै तालको नगरपालिका भएका कारणले पनि तालको संरक्ष गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न सकियो भने नगरको समृद्धिका लागि ठुलो टेवा पुग्ने भएका कारण बिगतमा ठेक्कामा माछापालका लागि ठेक्कामा रहेको ठेक्कालाई रोकेर १५ वर्षे गुरुयोजना संचालन गर्ने उद्धेश्य रहेका ले पर्यटन मन्त्रालयबाट सो कार्यका लागि अवसर प्राप्त गरी लागत साझेदारीमा कामको सुरुवात गरिएको नगर प्रमुख श्रेष्ठले वताउनु भयो । तालमा संरचना निर्माण पुर्ण निर्माणको प्राबिधीग मुल्याङ्गकन गराउदा १ अर्व २१ करोडको लागतको प्राबिधीग मुल्याङ्गकन तयार भएकोले सो नगरको गौरवको योजनालाई पुर्णता दिनका लागि विभिन्न दातृ निकाय सम्म नगरले पहल गर्ने वताउदै प्रचारका लागि मात्र नभएर दिगो योजना अनुरुप यसलाई अगाढि सारिएको नगर प्रमुख क्षेष्ठले वताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले कार्यक्रमका वारेमा प्रकाश पार्दै यो योजना अरवौको भएका कारण पनि २÷४ महिनामा सकिने योजना नरहेकोले विकास भन्ने कुरा विसका लागि नगरवासी आम जनताले समय लाग्ने हुदा यो तालको गुरु योजना सम्पन्न गर्नका लागि अरवौको लगानीमा १५ बर्षको समय अवधीमा सम्पुर्ण योजना सम्पन्न गर्न सकिने कुरामा विश्वस्त पार्नु भयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पवन थारुले पर्यटकीय संभावना वोकेको तालले नगरको एउटा पहिचाहन साथै आफनो वडाको विकासमा पनि तालको विकासले राम्रो टेवा पुग्ने भएकाले सोही तालमा वाहिरबाट पर्यटक आएर घुम्न ढुङ्गाको मनोरञ्जनका साथमा शान्त मनोरम वातावरणको आनन्द लिनका लागि र सिंगो थारु समुदायको सँस्कृतीको जगेर्ना गर्नका लागि तालमा थारु संग्रालयको निर्माण गर्न लागिएको बताउदै तालको विचमा मन्दीर निर्माण गरिने हुदा मन्दीर सम्म पुग्नका लागि तिर्थ यात्रीले ढङ्गामा चडेर जानु पर्ने हुदा थप पर्यटक भित्राउन सकिने कुरामा पनि वडा अध्यक्ष थारुले जोड दिनु भयो ।


कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष तिकल बस्नेत नगरपालिकाका कर्मचारी स्थानीय समाजसेवी बुद्धजीवी पत्रकारहरुको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन प्रमुख राजन पोख्रेलले गर्नु भएको थियो ।

145 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal