प्रदेश सरकारको पार्टी बिशेष योजना कार्यान्वयन नगरिदिने वडाध्यक्ष चौधरीको चेतावनी

२०७८ मंसिर ४ गते, शनिबार

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउपालिका वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले लुम्बिनी प्रदेश सरकारले बिजयनगर गाउँपालिकामा परेका धेरै योजना हरुको बजेट काटेको र परेका थोरै योजनाहरु पनि प्रदेश सरकार निकट ब्यक्ती सङ समन्वय गरि कार्यान्वयन गराउन खोजेको भन्दै आपत्ती जनाएका छन ।

प्रदेश सरकारले बिजयनगर गाउँपालिकाका योजना हरु आफू निकट ब्यक्ती मार्फत कार्यान्वयन गराउन खोजेको र मनोमानी ढङ्गले बजेट कार्यान्वयन गराउन उपभोक्ता समिती गठन गरेको भन्दै त्यस्ता योजना हरु वडा कार्यालयबाट स्वीकार नगरिने भन्दै सामाजिक संजालमा लेखेका छन “प्रदेश सरकार को मनोमानी, लुम्बिनी प्रदेश सरकार ले बिजयनगर को धेरै योजना हरू काटे को ( हटाऐको) छ र बचे को योजना हरू मनोमानी तरिका ले सिमित ब्यक्ति ब्यक्तिगत स्वार्थ का लागि वड़ा कार्यालय लाई बिना जानकारी विभिन्न उपभोक्ता समिति गठन भई रहेको हुदा वड़ा कार्यालय वड़ा न ७ ले सो समिति लाई मान्य न गर्ने जानकारी गराउछु।
साथै सो समिति गठन गर्ने ब्यक्ति र पार्टी को घोर विरोध गर्दछू यो कुनै पार्टी वा ब्यक्ति को पैसा होइन यो जनता को पैसा हो
।”

ब्यक्ति बिशेश र पार्टी बिशेश योजना हरु वडा कार्यालय सङ कुनै स्वीकृत नलिइ उपभोक्ता समिती गठन गर्नु निन्दनीय रहेको बताउदै वडा नं ७ ले त्यस्ता समिति मान्य नहुने बताएका छन ।

साथै वडाअध्यक्ष चौधरीले प्रदेश सरकारले बिजयनगर गाउँपालिकाका थुप्रै योजना हरु हटाएको भन्दै प्रदेश सरकारलाइ ध्यानाकर्षण गराएका छन ।

238 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal