मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु पर्दैन: गृहमन्त्री खाँण

२०७८ मंसिर ५ गते, आईतवार

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ ।

आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उहाँले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताउनुभयो ।

स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक क्षेत्रलाई घटाएर निर्माण प्रारम्भ गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै मन्त्री खाँडले नेकपा एमालेका नेता विष्णु पौडेल र प्रदेश सभाका एमालेकै सांसदहरु भोजप्रसाद श्रेष्ठ र लिला गिरीलाई लक्षित गर्दै प्रदेश राजधानीका विषयमा जनतालाई झुक्याएको आरोप लगाउनुभयो ।

औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरेको क्षेत्र छ । त्यहाँ २ हजार बढी घरधुरी बसोबास गरिरहेका छन् ।

312 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal