माओवादी केन्द्र कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायको आकर्षण

२०७८ मंसिर ६ गते, सोमबार

इमरान खान, कपिलवस्तु । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भरी नै वडा सम्मेलन गरेको छ । कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिका को वडा सम्मेलनमा माओवादी केन्द्रमा मधेसी, मुस्लिम समुदायहरूको जनलहर देखिएको छ। कृष्णनगर नगरपालिका मधेशी बहुल्य क्षेत्र भएता पनि कृष्णानगरमा माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रुपमा उभारिएको छ ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य रुद्र लाल बन्जाडे कपिलवस्तु जिल्ला समितीका सल्लाहकार थानेश्वर खनाल, नगर अध्यक्ष जावेद आलम खां, इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यता विशेष अतिथी तथा निर्वाचन प्रमुखहरुको उपस्थितीमा कृष्णनगर नगरपालिकाका ८ वटा वडामा वडा सम्मेलन सम्पन्न गरिएको छ । वडा सम्मेलन गर्नको लागि केन्द्रले दिएको निर्देशकों पुर्ण पालना गर्दै कृष्णनगरको ८ वटा वडा सम्मेलन भव्य रुपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भयो। समाजवादको यात्रा पुरा गर्न जनताको तह देखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका नयांँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौ भन्नै नारा समेत तय गरेको छ। आगामी चुनावमा कृष्णानगरमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व देखाउने बताउनु आफुहरुको पक्षमा मधेशी जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै भएकाले सबैलाई गोलबन्ध भएर लाग्ने आग्रह सचिवालय सदस्य रुद्रलाल बन्जाडेले गरेका थिए ।

उक्त कार्यक्रममा प्रवक्ता मौलाना मशहुद खाँ नेपालीले माओवादी केन्द्रले मधेशको चौतर्फी क्षेत्रमा विकास गर्न चाहेको बताउँदै केही अवसरवादी र पुँजीवादीको नेतृत्वले गर्दा मधेशमा विकासले फड्को मार्न नसकेको दाबी गर्नुभएका थिए । कृष्णनगर नगरपालिका भित्र माओवादी केन्द्र ले ३ वटा वडामा जीत हासिल गरेको थियो ति वडाहरुलाई अवसरवादीहरुसंग बचाएर जनताले माओवादी केन्द्र लाई दिएको थियो र आज सब भन्दा बढ़ी बिकास ति ३ वडाहरुमा मात्रै भएको छ । केही नेताले मधेशको विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै, जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासको नाममा सिन्को नभाँचेको बताउदै वडा सम्मेलन भव्य र सफल बनाउनको लागि आउनु भएका सबै कामरेडहरु लाई हृदय देखि धन्यवाद व्यक्त नेपाली ले गरेका थिए। कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओली सचिव गणेश प्रसाद बन्जाडे प्रवक्ता मौलाना मशहुद ख़ां नेपाली लगायतहरुको प्रयास तथा मेहनतले कपिलवस्तु जिल्ला टाप हान्दै १,५२८ संगठित सदस्यता नवीकरण गरि शनिवार वडा सम्मेलन सम्पन्न गरेका थिए ।

इन्चार्ज केशर ओलीका अनुसार माओवादी केन्द्रले सदस्य नवीकरण वडा सम्मेलन देखि केन्द्रीय अधिवेशन सम्माको लागि तैयार गरेको नयाँ निती नियम तथा अनलाईन‌ नवीकरण प्रणाली प्रशंसनीय रहेको छ। तर कृष्णनगरमा प्राविधीक समस्या र हामी संग कम समय रहेको कारणले हामीले सोचेको जति सदस्यता नवीकरण हुनसकेको छैन। कृष्णनगरमा दुखी हजार भन्दा बढी सदस्य ल्याउने तैयारी रहेको थियो ।

अहिले पनि सात सय बन्दा बढ़ी सदस्यहरुको आवेदन फार्म आनलाईन गर्ना छुटेको बताउदै वडा सम्मेलन भव्य सभ्यरुपमा सफल गर्नाको लागि खटेका नेता कार्यकर्ता भोलेन्टीयर तथा शुभ चिन्तकहरु लाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए। अहिले को चहाना युवा नै हुन त्यही भएर यता माओवादी केन्द्र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा वडा नम्बर १ देखि १२ वडामा अधिकांश युवाहरुको वर्चश्व रहेको पाइएको छ ।

477 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal