कपिलवस्तुमा आइतबार देखि हैजा बिरुद्वको खोप अभियान सुरु

२०७८ मंसिर ६ गते, सोमबार

इमरान खान, कपिलवस्तु । केही महिना अघि जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान आइतबारबाट सुरु गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा यशोधरा गाउँपालिकाको आधारभूत अस्पताल बैदौलीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजित चौधरीले खोप कार्यक्रमको उद्घाटन गरेका छन ।

सो अवसरमा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरीजेश कुमार पाण्डेयलाई हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन खुवाएर खोपको शुभारम्भ गरिएको थियो । यशोधरा गाउँपालिकामा आइतबारदेखि मंसिर १० गतेसम्म खोप अभियान सचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन गरिने भएको छ । जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन खुवाइने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउँपालिकाबाट भ्याक्सिन लागउने कार्यको थालनी गरिएको बताए । यशोधरा गाउँपालिका लाई ३७ हजार ७८३ जनालाई खोप लागईने छ ।


सो अवसरमा मन्त्री चौधरीले अभियानलाई सफल बनाउनु पर्ने बताए । उनले पालिकाहरुले सरसफाईहरुमा बिशेष ध्यान दिन आग्रह गरे । सो अवसरमा गाउँपालिका अध्यक्ष पाण्डेयले आफनो पालिकामा हैजा फैलिएरकोमा दुःख ब्यक्त गर्दै खोप अभियानलाई सफल बनाउने बताए । अन्य ४ पालिकाहरु कृष्णगनर, महाराजगंज, शिवजराज नगरपालिका र बिजयनगर गाउँपालिकामा आउने मंसिर ७ देखि १२ गतेसम्म खोप अभियान संचालन हुनेछ । जिल्लाका ५ पालिकामा खोप लागउनका लागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आएको स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्डेयले बताए । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महारागंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, विजयनगर गाउँपालिकालाई ३५ हजार ९०३ खोप खु्वाइने छ ।


खोप विश्व स्वास्थ्य संगठन हुदै संयुक्त राष्ट्रसंघीय बालकोष ९यूनिसेफ० मार्फत् उक्त खोप नेपाल आएको हो । ओरल कोलेरा भ्याक्सिन मुखबाट थोपा राखेर ख्वाईन्छ । सोनाफी हेल्थकेयर प्रालि भारतबाट उत्पादीत सो खोप प्रति ब्यक्ति ढेड एम एलका दरले खुवाउने गरिन्छ । १४ औ र २८ औ दिनमा गरी खोप २ पटक खुवाउनु पर्छ । अभियानमा १ सय ६८ खोपकर्ता, ३ सय ४८ स्वयमसेवक र ५ सय ३५ महिला स्वयमेविका परिचलन हुनेछन् । कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो । यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो ।

सरसरफाईको अवस्था कमजोर हुदा कृष्णनगर नगरपालिकाबाट सुरु भएको झाडापखालाले कृष्णनगरका ४, शिवराज नगरपालिकाका एक र यशोधरा गाउपालिकाका एक गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खोप अभियान सफल पार्न स्वास्थ्य कार्यालय ,युनिसेफ र विभिन्न संस्थाहरु मिलेर समुदायमा परिचालन भएका छन् ।

206 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal