जसपाका उपाध्यक्ष पुरिलाई धम्की (अडियो सहित)

२०७८ मंसिर ७ गते, मंगलवार

कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तुका उपाध्यक्ष रामनिवास पुरि लाई धम्की पुर्ण भाषा प्रयोग गरि फोन आएको छ । मसिर ३ गते दिउँसो हिन्दु धर्मको बिषयमा आवाज नउठाएको भन्दै गलिगलौच सहित धम्की आएको पुरिले बताएका छन ।

महाकाल सस्थाको अध्यक्ष भन्दै आफुलाइ गोपाल शुक्ला बताउने ब्यक्तिले अस्भ्य बोलेको पुरिको भनाइ छ । जनकपुर घटनाको बिषयमा समाजिक संजालमा कुनै प्रतीकृया नदिएको भन्दै गालिगलोज गरेको बताइएको छ ।

No description available.

आफुले दङ्गा गर्न चाहेकोले बताउदै चुनावको समयमा हिन्दु समुदायको भोट माग्न आएमा लात्तीले हान्ने चेतावनी दिएका छन । पुरीले आफ्नो शान्ती सुरक्षाको माग गर्दै गणेशपुर प्रहरीमा ठाडो उजुरी दिएका छन । यसरी फोन गरेर असभ्य बोल्दै गाली गलौच गरेकोले कानुन बमोजिम कारबाहीको माग गरेका छन ।

जसपा जिल्ला उपाध्यक्ष पुरिलाई धम्की सहितको :

470 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal