एमाले सचिवको जिम्मेवारी कर्णाली प्रदेशले पाउनुपर्छ

२०७८ मंसिर ८ गते, बुधबार

खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेशका दश वटै जिल्लाबाट पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा १२२ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।१०औं राष्ट्रिय महाधिवेशन मंसिर १० गते देखि १२ गतेसम्म चितवनमा हुँदै छ । देश तथा प्रवासबाट समेत गरी १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने यो महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेकपा एमाले केन्द्रीय नेतृत्व र कमिटि महाधिवेशनले निर्वाचित गर्नेछ ।

नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा कर्णाली प्रदेशमा एउटा छुट्टै खालको राजनीतिक तरंग पैदा भएको छ । सदा झै पार्टीको शिर्ष नेतृत्वको जिम्मेवारी पाउन असफल भएको कर्णाली प्रदेशले यसपटक कस्तो जिम्मेवारी पाउछ भन्ने सबैको चासोको बिषय बनेको छ । सर्वोच्च अदालतले परमादेश जारी गरेपछि यतिबेला प्रदेश र केन्द्रमा गठबन्धन सरकार रहेको छ । त्यसमा पनि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सुयुक्त साझ गठबन्धन सरकार रहेको छ । नेकपा एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा छ । नेकपा एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ।यतिबेला केन्द्र देखि स्थानीय तहसम्म गठबन्धन सरकारको समीकरण बनेको छ।पाँच राजनीतिक दल एकातिर र एमाले एक्लै अर्कोतिर रहेको छ।

गत निर्वाचनमा नेकपा एमालेले एक्लै २० सिट ल्याउन सफल भएको कर्णाली प्रदेशमा एमालेको शक्ति त्यति कम्जोर त छैन तर अहिलेको बर्तमान राजनीतिक परिस्थितिलाई नियाल्दा र निर्वाचन नजिकिदै गर्दा एमालेलाई ठुलो चुनौती संग सामना गर्नुपर्ने छ।केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म पाँच दलिय सत्ता गठबन्धनले निर्वाचन सम्म गठबन्धन गरेरै अगाडि बढ्ने समयन्त्र बनाउदा कर्णालीमा एमालेले ठुलो राजनीति चुनौतीको सामना गर्नुपर्ने भएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री पुर्ण बहादुर खड्का र माओवादी तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा कर्णाली प्रदेशबाट केन्द्रिय राजनीतिमा स्थापित भैसकेका छन।यिनि दुबै नेता अहिले गठबन्धन सरकारको महत्त्वपूर्ण नेतृत्व रहेका छन । अन्य प्रदेश भन्दा नेकपा माओवादीको पकेट प्रदेश भनेर चिनिने कर्णाली प्रदेशमा माओवादीकै नेतृत्व शिर्ष तहमा भएपछि कर्णालीको राजनीतिमा ठुलो प्रभाव पर्ने पनि देखिन्छ । कर्णाली प्रदेशमा मुख्यतय गठबन्धनका तिनै दलका नेताहरु शिर्ष नेतृत्व तहमा छन ।

महाधिवेशन नजिकिदै गर्दा कर्णाली प्रदेश बाट एमालेले केन्द्रिय पार्टी नेतृत्व कस्तो पाउला त भन्ने विभिन्न कोण बाट बहसहरु भैरहेको छ । अन्य राजनीतिक दलका नेताहरु कर्णाली बाट शिर्ष नेतृत्वमा रहेका बेला एमाले कर्णालीले भने केन्द्रिय कमिटी सदस्य र पोलिटब्युरो सदस्यमा चित्त बुझाउनु परेको छ । कर्णाली एमाले नेतृत्व असक्षम भएर होइन शिर्ष पार्टी नेतृत्वले मुल्यांकन नगरेर कर्णालीबाट एमाले केन्द्रिय राजनीतिक नेतृत्वमा पछि परेको तितो सत्य हो ।कर्णाली एमाले नेतृत्वको राजनीति निर्णय क्षमता,ईच्छाशक्ति,सहि र गलत छुट्याउन सक्ने खुबि,पार्टीगत बिषय बस्तुको राम्रो अनुभवी ज्ञान,परिस्थिति अनुरुप आफ्नो कार्यशैली र कार्यनीतिमा परिवर्तन गर्न सक्ने लचकता, पार्टी प्रति लगनशीलता,उत्साह आत्माविश्वास धैर्यता स्वत्याग र निष्पक्षता विशेष गुणहरु हुन ।

कर्णाली एमाले नेतृत्वले अहिलेसम्म संगठनको लक्ष्य निर्धारण र संरचना तयार गरि संगठनका कार्यहरुको समन्वय निर्देशन गरि सामुहिक भावनाअनुसार पार्टी संगठनका कार्यहरु गर्ने गराउने काममा सक्षम भुमिका निभाउदै आएको छ । नेपालको राजनीतिक परिवर्तनको आन्दोलन होस या अन्य जुनसुकै आन्दोलनमा कर्णाली प्रदेश बाट नेकपा एमालेले महत्त्वपूर्ण योगदान दिदै आएको छ।त्यसकारण पनि नेकपा एमाले कर्णाली प्रदेश देशका सात वटै प्रदेश बराबरको राजनीति नेतृत्वको हैसियत राख्दछ र त्यो हैसियतमा अब कर्णाली हुनुपर्छ भन्ने आम कर्णाली बासि नेकपा एमाले शुभ चिन्तक र आम नेता कार्यकर्ताहरुको धारणा रहेको छ ।


महाधिवेशन बाट कर्णाली प्रदेशले कस्तो जिम्मेवारी पाउला भन्ने आम चौतर्फी बहस चलिरहेका बेलामा दशौ राष्ट्रिय महाधिवेशनमा कर्णाली बाट प्रतिनिधिका रुपमा सहभागी हुने सम्पुर्ण प्रतिनिधिहरुले कर्णालीको केन्द्रिय राजनीतिक नेतृत्व लिनका लागि एकमतका साथ भावनात्मक एकतागत ढंगबाट अगाडि बढ्नुपर्ने समय आएको छ । कर्णालीको समग्र कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न र कर्णाली प्रदेश बाट केन्द्रिय राजनीतिक नेतृत्व लिएर नेकपा एमाले लाई मजबुत बनाएर अगाडि बढ्नको निम्ति पनि केन्द्रिय नेतृत्व अपरिहार्य छ ।

207 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal