संसद् अवरोध गर्नुको औचित्य प्रतिगमन रहेकोः प्रचण्डको आरोप

२०७८ पुष ५ गते, सोमबार

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्ड, ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालले आज सोमवार काठमाण्डौमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले संसदमा अवरोध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताउनुभएको हो । उहाँले अदालतले ह्विप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद् अवरोध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो ।

262 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal