लुम्बिनी प्रदेशका ९ जिल्लामा बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन

२०७८ पुष ५ गते, सोमबार

बुटवल । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज सोमबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको हो । कपिलवस्तुमा ८० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा जिल्लाको मयादेवी, यशोधरा र सुद्धोधन गाउँपालिकाका बालबालिकालाई खोप दिएर अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

236 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal