आमसभा संबोधन पछि लुम्बिनी ग्रीन रिसोर्ट पुगे एमाले अध्यक्ष ओलि

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि बहादुरगंजको जनसभालाइ सम्बोधन गरि जिल्लाको दक्षिण-पश्चिम् क्षेत्रमा रहेको लुम्बिनी ग्रीन रिसोर्टमा पुग्नुभयो । जिल्लाको शिबराज नगरपालिका २ बालापुरमा अवस्थित कपिलवस्तुकै ठूलो तथा आकर्षक रिसोर्टमा पुगि आरम गर्नुभएको हो । अध्यक्ष ओलि सङै नेता कार्यकर्ताहरुको लागि खाजा ब्यबस्थापन गरेको रिसोर्टका संचालक तथा एमाले शिबराज नगर कमिटीका उपाध्यक्ष महादेब पोख्रेलले जानकारी दिनुभयो ।

अध्यक्ष ओलिले जनसभालाइ सम्बोधन गरिसके पछि फोटोसेसनको लागि रिसोर्टमा कार्यकर्ताको घुइँचो लागेको थियो । यस्तै अध्यक्ष ओलिले पनि लुम्बिनी ग्रीन रिसोर्ट को हार्दिकता सहितको स्वागत लाई धन्यवाद दिदै न्यानो स्वागत र आनन्दमय बाताबरण ब्यस्थापन गरेको भन्दै धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) अध्यक्ष केपी ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा धेरै उद्योग रहेका छन् । अब हामीले कपिलवस्तु जिल्लालाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्छ ।’ त्यसैगरी अध्यक्ष ओलीले अब नेपालका बालबालिका अभिभावकबिहीन हुन नपाउने बताउनुभयो । अध्यक्ष ओलीले ज्येष्ठ नागरिक र अशक्तको पार्टी नेकपा एमाले नै रहेको दाबी गर्नुभएको छ । जनताको विकासको लागि हाम्रो पार्टी अग्रसर छ । उहाँले सदरमुकाम र सीमासम्मको बाटो निर्माण नेकपा एमाले सरकारको पालामा भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका महासचिव शंकर पोखरेलले आफूहरु जनतासँग नडराएको बताउनुभएको छ । ‘हामी चुनाव चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘सरकार चुनावबाट डराएको छ ।’ लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको दाबी गर्नुभयो । महासचिव पोखरेलले अब कपिलवस्तुमा विकासको लहर चल्ने बताउनु भयो । सोही कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्नुभएको छ । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको मगंलप्रसाद गुप्ताले बताउनुभयो । कार्यक्रममा ६ हजार ५ सय नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोखरेलले जानकारी दिनुभयो ।