सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो
२०७८ पुष ८ गते, बिहीबार

काठमाण्डाै । सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा सुनकाे भाउ ९२ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।
हिजो तोलामा १२ सय ४५ रुपैयाँ रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
217 Views