कुखुरा बोक्ने जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७८ पुष ८ गते, बिहीबार

सिन्धुली। सिन्धुलीको विपि राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बर्दिबासबाट धुलिखेल जाँदै गरेको प्रदेश २–०२–००१ च ४००८ नम्बरको कुखुरा बोक्ने जिप दुर्घटना हुँदा लालबन्दी १५ परवानीपुरका २० वषिया कुन्थाङ मोक्तानको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटजामा परि जिप चालक ३० वषिया चालक आइत सिं बम्जन र २१ वषिया मनिष परियार गम्भिर घाइते भएका छन् । उनीहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरा बोकेको जिप तिब्र गतिका कारणले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

275 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal