१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

२०७८ पुष ९ गते, शुक्रबार

काठमाण्डाै । १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार कुवेतसँग खेल्नेछ ।

यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । हिजो भएका खेलमा भारत, पाकिस्तान र श्रीलङ्काले विजयी सुरुवात गरेका छन् ।

भारतले यूएईलाई १ सय ४५ रन, श्रीलङ्काले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । जितसँगै भारत, पाकिस्तान र श्रीलङ्काको अङ्कतालिकामा दुई/दुई अङ्क भएको छ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

265 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal