सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

२०७८ पुष ९ गते, शुक्रबार

काठमाण्डाै । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।

बङ्गलादेशको ढाकामा आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।

लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

नेपालले पहिलो खेलमा हिजो श्रीलङ्कालाई ३–२ को सेटमा हराएको थियो । अब नेपालले तेस्रो खेलमा भोलि  बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै बेलुका पौने ५ बजे पुरुष टोलीले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

602 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal