पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्दै, नेकपा माओवादी केन्द्र

२०७८ पुष १० गते, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल गर्ने तयारी छ ।

आज प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले सुझाव दिनेछन् । त्यसपछि ती सुझाव समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल हुने भएको हो ।

यसैबीच, नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ । हिजो बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गर्नुभएको हो । अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ ।
तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गर्नुभएको छ । पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन कुन पदमा कति जना हुने भन्ने विषय टुंगो लागेको छैन् । माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ

367 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal